Logo

धर्म / संस्कृति

मिथिला माध्यमिकी परिक्रमा आज सतोषर पुग्दै


२५ फाल्गुन २०८१, आइतबार  

161
Shares

जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज सतोषर पुग्ने भएको छ । शनिबार धनुषाधाम पुगेर रात्री विश्राम गरेको परिक्रमावासीहरु आज विहानैदेखि सतोषरका लागि प्रस्थान गरेका छन् ।

धनुषाको कचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली १० औं दिन धनुषाधाम पुगेको थियो भने आज ११औं दिन सतोषरमा रात्री विश्राम गर्नेछन् ।

आज सतोषरमा विशेष मेला आयोजना गरिएको छ । परिक्रमालाईमध्येजनर गर्दै सतोषरमा परिक्रमाका श्रद्धालुहरुका लागि खाने, बस्नेलगायतको व्यवस्था गरिएको छ । परिक्रमा भोली औरहीका लागि निस्किने छ ।

त्यस्पछि करुणा र विशौलमा एक–एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आई पुग्नेछ र पूर्णिमाको बिहानी जनकपुरको अन्तगृह परिक्रमा गरेर होली खेली यात्रा सम्पन्न हुन्छ ।

नेपाल– भारत मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक तथा सद्भावको प्रतीक बनेको माध्यमिकी परिक्रमा यात्रा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल रहेको छ ।

परिक्रमा यात्रामा सहभागी भए मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने धार्मिक मान्यता छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ९ : ०४ बजे