Logo

प्रदेश

जनकपुरमा राजावादीहरुको प्रदर्शन, राजा फर्काउने उद्घोष


२३ फाल्गुन २०८१, शुक्रबार  

69
Shares

जनकपुर । जनकपुरधाममा राजावादी समर्थकहरुले प्रदर्शन गरेका छन् ।

शुक्रबार जनकपुरधामको जनक चोकबाट सुरु भएर राजावादी समर्थकहरुले नगर परिक्रमा गरेका छन् । उनीहरुले ‘राजा आउ देश बचाउ’,‘केपी चोर देश छोड’का नारासमेत लगाएका छन् ।

गणतन्त्रलाई आफूहरुले साथ दिँदा पनि गणतनत्रले आफूहरुलाई केही नदिएको भन्दै पुनः देशमा राजालाई फर्काउनुपर्ने आवश्यकता रहेकोले प्रदर्शन गरिएको नेपाल राष्ट्रवादी नागरिक समाजका अध्यक्ष प्रकाश रानाले बताए ।

 नेताहरुले डलर खाएर देश क्रिश्चेन धर्मावलम्बीहरुलाई बेचेको उनले आरोप लगाए । प्रजातन्त्रसहितको राजसंस्था आजको आवश्यकता रहेकोमा उनले जोड दिए ।

माओवादीले जनताको छोराछोरी मारेर आफू सत्तामा गएको उनले आरोप लगाए । अमेरिकाले भ्रस्टाचार हुने देशहरुको सूचीमा नेपाललाई उच्च स्थानमा राखेकाले नैतिकताको आधारमा सत्तामा बसेका नेताहरुले राजिनामा दिनुपर्ने धारणा राखे । उनले देश बचाउन राजा मात्र विकल्प रहेको बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ८ : ११ बजे