काठमाडौं । एमजीको बहुप्रतिक्षित विद्युतीय एसयूभी एस ५ नेपाली बजारमा लन्च भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एस५ लन्च गरेको हो ।

तीन भेरिएन्टमा उपलब्ध एमजी एस५ को मूल्य ४३ लाख ९९ हजार, ४९ लाख ९९ हजार र ५४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले यसअघि भन्सार प्रयोजनका लागि यसको मूल्य ४७ लाख देखि ५८ लाखसम्म निर्धारण गरेको थियो ।

यसमा विश्वकै सबैभन्दा पातलो अल्ट्रा थिन ब्याट्री प्रयोग गरिएको छ । इन्ट्री लेभल मोडलमा ४९.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री प्रयोग गरिएको छ, जसले सिंगल चार्जमा ३४० किलोमिटर डब्लुएलटीपी रेन्ज दिन्छ । त्यसैगरी अर्को भेरिएन्टमा ६२.२ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा ४३० किलोमिटरको रेन्ज दिन्छ ।

एस ५ मा १२.८ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र माथिल्लो भेरिएन्टमा प्यानोरामिक सनरुफ लगायतका विशेषता छन् । यसमा ९९ किलोवाटको मोटर छ ।

स्केलेबल मोडुलर प्लेटफर्ममा बनेको एमजी एस५ मा रियर ह्विल ड्राइभ र इन्डिपेन्डेन्ट सस्पेन्सन लगायतका विभिन्न फिचर छन् ।

यी सबैका कारण ह्यान्डलिङ, स्टेबिलिटी र कम्फर्टमा सहजता थपिएको छ । स्मुद र डाइनामिक राइडका लागि यो सेगमेन्टमै पहिलो पटक सस्पेन्सन सेटअप विकास गरिएको छ ।

एमजी एस५ ईभीले ७.१ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने यसको टप स्पिड १७५ किलोमिटर प्रतिघण्टा छ ।

प्रतिक्रिया