मेष राशि
धेरै लगानी गर्दा कममात्र फाइदा हुनेछ। अर्थअभाव खट्किनाले चिताएको काम पूर्ण नहुन सक्छ। बनिसकेको काम दोहोर्याउनुपर्ला। 
बृष राशि
आँटले काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ।
मिथुन राशि
चिताएको काम बन्नेछ र अवसरले राम्रै लाभ दिलाउनेछ। भौतिक साधन जुट्नाले व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ।
कर्कट राशि
अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। श्रम परे पनि उचित मूल्य प्राप्त नहुन सक्छ। 
सिंह राशि
समस्याप्रति गम्भीर नबन्दा दुस्ख पाइनेछ। कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। सामान्य काममा धन र श्रम खर्चनुपर्ला। 
कन्या राशि
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। साथीभाइको सहयोगले काममा उत्साह मिल्नेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। 
तुला राशि
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ। 
बृश्चिक राशि
कामको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। स्वास्थ्य कमजोर हुनेछ भने काममा विलम्ब हुन सक्छ। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ।
धनु राशि
बेसुरमा बोल्ने बानीले बित्थैमा दुःख पाइनेछ। आफन्तसँग असमझदारी बढ्नेछ भने घरेलु समस्याले निराश तुल्याउन सक्छ। 
मकर राशि
छोटो समयमा राम्रै उपलब्धि हातलागी हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। अग्रजहरूको सहयोगले प्रतिष्ठित काम सम्पादन हुनेछ। 
कुम्भ राशि
बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। 
मीन राशि
कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

                    
                








                    
                    
                    
                    
प्रतिक्रिया