Logo

प्रदेश

आज काठमाडौंका यी स्थानमा बिजुली काटिदै


१६ फाल्गुन २०८१, शुक्रबार  

115
Shares

काठमाडौंं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ ।

शुक्रबार प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गर्दै महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको लाजिम्पाट फिडरमा पर्ने लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा बिजुली कटौती हुने जानकारी दिएको छ ।

सो स्थानमा भूमिगत प्रसारण लाइनको केवल परीक्षण एवं चार्ज गर्ने प्रयोजनका लागि बिजुली बिहान १० देखि दिउँसो ३ बजेसम्म लाइन काटिने प्राधिकरणले जनाएको छ  ।

तोकिएको काम समयअगावै पूरा भए निर्धारित अवधिअघि नै बिजुली प्रदान गरिने पनि प्राधिकरणले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ७ : ३४ बजे