Logo

धर्म / संस्कृति

आजको राशिफल



मेष राशि
प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ अवसरले काममा उत्साह जगाउनेछ।

बृष राशि
सिद्धान्तमा मतभेद भए पनि सहयोगीहरूले साथ दिनेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ र द्वेष गर्नेहरूले हार खानेछन्। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।

मिथुन राशि
अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। निर्णय लिन अलमल भए पनि लाभ हुने काम प्रारम्भ हुनेछ।

कर्कट राशि
हतारमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ, सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला।

सिंह राशि
प्रतिस्पर्धामा उत्रनुपरे पनि मिहिनेतले उपलब्धि हातपार्न सकिनेछ। नयाँ अवसरले सफलताको यश पनि दिलाउन सक्छ। भौतिक साधन जुट्नाले दिगो योजना अघि बढ्नेछ। कामले प्रतिष्ठा दिलाउनेछ।

कन्या राशि
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। तापनि बुद्धिले काम लिँदा योजना अघि बढ्नेछ।

तुला राशि
आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। विशेष उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव पनि आउन सक्छ। मिहिनेतले प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ।

बृश्चिक राशि
समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। भैपरी आउने खर्च बढ्नाले अर्थ अभावको स्थिति रहनेछ।

धनु राशि
व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ।

मकर राशि
श्रम परे पनि लगनशीलताले उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ।

कुम्भ राशि
प्रयत्न गर्दा अवसर पाइनेछ। परोपकारी काममा सहभागी भइनेछ। तर आफ्ना कमजोरीको फाइदा उठाउनेहरू निकै सक्रिय हुनेछन्। धेरै समय अरूका लागि जुट्नुपर्नेछ।

मीन राशि
समस्याप्रति गम्भीर नबन्दा दुस्ख पाइनेछ। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहोला। काम बिग्रने भयले सताउनेछ। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ५ : ५६ बजे