Logo

कला/साहित्य

ललितकला प्रज्ञा प्रतिष्ठानमा ‘जलरङ प्रदर्शनी’ सुरु


६ फाल्गुन २०८१, मंगलबार  

69
Shares

काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र सिद्धार्थ आर्ट ग्यालरीको संयुक्त अयोजनामा ‘जलरङ प्रदर्शनी’ सुरु भएको छ ।

मंगलबार ललितकला प्रज्ञा प्रतिष्ठानमा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक जोशीले प्रदर्शनीको उद्घाटन गरेका हुन् ।

प्रदर्शनीमा बंगलादेश, चीन र नेपालका कलाकारहरूद्वारा निर्मित जलरङ पेन्टिङलाई समेटीएको छ । आजदेखि सुरु भएको प्रर्दशनी फागुन १० गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ७ : २८ बजे