काठमाडौं । उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले युवाहरुमा नेपालमा बसेर केही गर्न सकिदैँन् भन्ने खालको नकारात्मक भाष्य निर्माण भएको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित मनास्लु वल्र्ड कलेजका नयाँ विद्यार्थी स्वागत र विशिष्ट व्यक्तित्वहरुलाई सम्मान कार्यक्रममा उनले वर्तमान समयमा युवाहरु स्वतन्त्र भएर काम गर्न सक्ने भन्दै नेपालमा नै बसेर गुणस्तरीय शिक्षा र भविष्य बनाउन सक्ने वातावरण रहेको बताए ।
उनले भने, ‘अहिले युवाहरुमा नेपालमा बसेर के हुन्छ र भन्ने खालको नकरात्मक कुराहरु उठिरहेको छ । तर म के भन्न चाहान्छु भने नेपालमा अवसर र स्वतन्त्रता छ । आफूले चाहे अनुसार अगाडि बढ्न सक्ने अवस्था छ । त्यसकारण नेपालमा नै बसेर गुणस्तरीय शिक्षा र भविष्य बनाउन सक्ने वातावरण बन्छ भन्ने कुरा सोचेर अगाडि बढ्नु पर्छ ।’
यसको साथै, उनले व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन भएन भनेर भाष्य विकसित गर्न खोज्नेहरुले वर्तमान अवस्थालाई अध्ययन गर्नुपर्ने बताए ।
उनले भने, ‘व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन भएन भनेर भाष्य विकसित गर्न खोज्नेहरुले पनि के कुरा बुझ्नुपर्यो भने नेपाल प्रजातन्त्रमा गएपछि शिक्षा, कला, सबै क्षेत्रमा धेरै ठूलो परिवर्तन आएको छ ।’
उनले विद्यार्थीहरुलाई पनि आफ्नो लक्ष्य प्राप्त गर्नको लागि मेहेनत र अनुशासन आवश्यक हुने सुझाव दिएका छन् ।
राजेश हमाल भन्छन् ः नयाँ काम गर्न पछि हट्नुहुँदैन्
सोही क्रममा नायक राजेश हमालले जीवनमा नयाँ काम गर्न कहिले पनि पछि नहट्न सुझाव दिएका छन् ।
उनले आफूमा गर्न सक्छु भन्ने आत्म विश्वास छ भने त्यो क्षेत्रमा प्रयास गर्न ढिला गर्न नहुने पनि बताए ।
उनले भने, ‘तपाई जीवनमा केही गर्न चाहनुहुन्छ र गर्ने अवसर पाउनुभयो भने प्रयास गर्न कहिले पनि पछि नहट्नु होला । मंैले फिल्म खेल्दा कुनै उदाहरण नभएपनि मसँग गर्न सक्छु भन्ने आत्मविश्वास थियो । मैले कलाकारिता गर्ने मौका पाए भने राम्रो तरिकाले गर्न सक्छु । त्यही भएर मेरो सुझाव के छ भने कुनैपनि क्षेत्रमा केही गर्न सक्छु जस्तो लाग्छ भने प्रयास गरिहाल्नुपर्छ । त्यसमा ढिला गर्नु हुदैँन् ।’

 
                                                                   
                    
                








 
                     
                     
                     
                    
प्रतिक्रिया