काठमाडौं । युवाहरूको नेतृत्वसहित व्यक्तित्व र उद्दमशिलता विकासमा काम गर्दै आइरहेको काठमाडौ जेसीज र जनसवाल रास्ट्रीय दैनिक बीच युवाहरूको क्षमता अभिवृद्धि गर्ने लगाएतका विविध विषयमा सहकार्य गरिएको छ ।
बुधबार दरवारमार्गस्थित जनसवाल रास्ट्रीय दैनिकको मुख्य कार्यालयमा आयोजित एक समारोहमा सहकार्य साझेदारी सम्झौता गरिएको हो ।
सम्झौतापत्रमा जनसवाल रास्ट्रीय दैनिकका अध्यक्ष तथा सम्पादक रामजी बगाले र काठमाडौ जेसीजको अध्यक्ष श्याम घिमिरेले हस्ताक्षर गरेका थिए । सम्झौता समारोहमा काठमाडौ जेसीजका महासचिव नबराज भन्डारी,जनसवाल रास्ट्रीय दैनिकका नमराज सापकोटा सहितको सहभागिता रहेको थियो ।
युवासँग सहकार्य गरेर पछिल्लो समय जनसवाल रास्ट्रीय दैनिकले धेरै राम्रो काम गरिरहेकोले जनसवाल रास्ट्रीय दैनिकसङ्ग सहकार्य गरेको काठमाडौ जेसीजका अध्यक्ष श्याम घिमिरेले बताए । उनले काठमाडौ जेसीज पनि युवाहरूकै संस्था भएको र बिगत ५५ वर्षको गर्बिलो ईतिहास बोकेको संस्था हुनाले उनीहरूका लागि नै काम गरिरहेको जनसवाल रास्ट्रीय दैनिकसँग सहकार्य गरेको बताए । काठमाडौ जेसीजमा हाल सयौं युवाहरू सदस्य रहेका छन् ।
युवाहरूसँग सहकार्य गरेर मिडिया हाउसका रूपमा हामीले विविध विधामा काम गरिरहेका युवालाई मिडियासँग जोड्न काठमाडौ जेसीजसँग सहकार्य गर्न पाउँदा खुसी लागेको जनसवाल रास्ट्रीय दैनिकका अध्यक्ष तथा सम्पादक रामजी बगालेले बताए । उनले यो अभियानलाई नेपाल बाहिर रहेका लाखौ नेपालीमाझ पनि लैजाने बताए ।
काठमाडौ जेसिजका महासचिव भन्डारीले युवाहरुलाई ब्याबसायी मैत्री बनाउन र नेपालमै युवाहरुलाई रोजगारी दिलाउदै बिदेश पलायन हुन बाट रोक्न आफुले पहल गरेको बताए ।
प्रतिक्रिया