मेष
परिस्थिति अनुकूल हुनेछ र लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ।
वृष
मिहिनेतले मानसम्मान दिलाउनेछ। अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ।
मिथुन
कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ।
कर्कट
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपरे पनि कर्जामार्फत धन जुटाउन सकिनेछ।
सिंह
पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। सरसापटमा धन बाहिरिन सक्छ। आवश्यक पर्दा सरसापट तथा कर्जामार्फत धन जुट्नेछ।
कन्या
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ।
तुला
मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ।
वृश्चिक
परिबन्धले समस्या निम्त्याउन सक्छ। गोपनीयता बाहिरिनाले समस्या पर्नेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला।
धनु
मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ।
मकर
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्।
कुम्भ
काममा केही विलम्ब भए पनि सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।
मीन
अरूको विश्वास गर्दा सुरुमा काम रोकिन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ।
प्रतिक्रिया