काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारको लागि तरकारी र फलफूलको भाउ तोकेको छ । बुधबार गोलभेडा ठूलो भारतीय न्यूनतम मूल्य प्रतिकेजी ६०,गोलभेडा सानो लोकल २५,तरुलको न्यूनतम मूल्य प्रतिकेजी ८०, रातो आलुको प्रतिकेजी ३२ रुपैयाँ रहेको छ ।
प्याज सुकेको भारतीय ६३ रुपैयाँ, मटरकोशा ४० रुपैयाँ, लोकल गाजर ३० रुपैयाँ, सेतो मूला हाइब्रिड २० रुपैयाँ,सेतो मूला लोकल १५ प्रति केजी रहेको छ । स्थानीय काउली १० रुपैयाँ, बन्दा लोकल १० रुपैयाँ, भन्टा लाम्चो २०,लौका ४० रुपैयाँ, तितो करेला १००,भिण्डी ९०,बरेला ३०,पिंडालू ८०, च्याउ कन्य ६० च्याउ डल्ले २८०,ब्रोकाउली २० रुपैयाँ प्रति केजी तोकिएको छ ।
यस्तै रायो साग १०,पालूगो साग ३५,चमसुरको साग ३५,तोरीको साग २०,मेथीको साग ३५,प्याज हरियो ३० रुपैयाँ रहेको छ ।
यसैगरी स्याउ(झोले) प्रतिकेजी २४० रुपैयाँ रहेको छ ।
स्याउ(फूजी) प्रतिकेज २६०, केरा प्रतिकेजी १४०, अनार प्रतिकेजी ३००, अंगुर(हरियो) प्रतिकेजी ३०० अंगुर(कालो) प्रतिकेजी ३५९ सुन्तला(नेपाली) प्रतिकेजी ११०, सुन्तला (भारतीय) प्रतिकेजी ९० , काक्रो(लोकल) प्रतिकेजी ११० काक्रो(हाइब्रीड) प्रतिकेजी ४० रहेको छ । यस्तै, नासपाती(चाइनिज) प्रतिकेजी २२० रुपैयाँ, मेवा(नेपाली) प्रतिकेजी ४०, अम्बा प्रतिकेजी १०० रुपैयाँ रहेको छ ।
प्रतिक्रिया