Logo

कर्पोरेट

‘कुमारी बैंकको २४औं वार्षिक साधारणसभा सम्पन्न’



कुमारी बैंक लिमिटेडको २४औं वार्षिक साधारणसभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सोमबार सम्पन्न भएको छ।

साधारणसभाले बाह्य लेखापरीक्षक नियुक्ति र उनको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८०र८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन र आव २०८०र८१ असार मसान्तसम्मको वासलात, नाफा(नोक्सान हिसाबलगायतका वित्तीय विवरण पनि पारित भएका छन्।

कुमारी बैंकले २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको छ र हालसम्म देशभरका ३०२ शाखा, ३१६ एटीएम, ५० एक्स्टेन्सन काउन्टर र ५४ शाखारहित बैंकिङ एकाइमार्फत ग्राहकलाई सेवा पुर्याइरहेको छ।

आगामी दिनमा पनि अझ सरल, सुलभ र उत्कृष्ट सेवाका लागि कुमारी बैंक प्रतिबद्ध रहेको छ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ८ : ०१ बजे