Logo

समाचार

डुल्ला ब्राण्डको नयाँ शोरुम अब झम्सीखेलमा



काठमाडौं ।  नेपालमा छालाका उपभोग्य सामग्री उत्पादन गर्दै आएको डुल्ला ब्राण्डको शोरुम झम्सीखेलमा सञ्चालनमा आएको छ । आइतबार नायिका वर्षा राउतले उक्त शोरूमको उद्घाटन गरेकी हुन् ।

उक्त शोरूमको उद्घाटन गर्दै नायिका राउतले डुल्लाको जस्तो सामानहरु कसैले  उपलब्ध नगराउने बताइन् । उनले नयाँ नयाँ प्रोडक्ट ल्याउनमा डुल्ला सबैभन्दा  अगाडि रहेको बताइन् ।

उनले भन्नि,‘मलाई डुल्लाको एकदमै मनपर्ने भनेको कस्टमर सर्भिस नै हो । जुन प्रोडक्टहरु डुल्लाले निकालेको छ, त्यसमा यो ब्राण्ड सबैभन्दा अगाडि छ । मैले तीन चार वर्षदेखि केही सामान डुल्लाको खरिद गरिरहेको छु । ति सामानहरु कसैले उत्पादन गर्न सकेको छैन ।’

कम्पनीले विभिन्न डिजाइनमा छालाको जुत्ता र बुटहरू उत्पादन गर्दै बजार पु¥याइरहेको छ । जुत्तासँगै कम्पनीले लेदरको पर्स, ब्याग र पेटी पनि उत्पादन गरेको छ । यहाँ तीन हजार रूपैयाँदेखि जुत्ता खरिद गर्न सकिन्छ । अहमेद डुल्ला ‘डुल्ला सुज’का सञ्चालक हुन् ।

यी बाहेक ग्राहकहरूले ‘द ह्वाइट याक’, ‘टुडेज् टेलिग्राम’,‘छाला’, ‘ए–वान लेदर क्राफ्ट’ लगायत कम्पनीहरूमा पनि शुद्ध लेदरको सामग्री पाउन सक्ने छन् ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  २ : ११ बजे