Logo

Breaking News 1

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज नबस्ने



काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज (भदौ ९) नबस्ने भएको छ । यस दिन दिउँसो १ बजे बैठक बस्ने गरी यसअघि समय निर्धारण गरिएको थियो ।

सूचना टाँस गरी संसद् सचिवालयले ‘विशेष कारण’ आज बैठक बस्न नसक्ने जानकारी गराएको छ । बैठक अब बुधबार (भदौ १०) दिउँसो १ बजे बस्ने गरी तोकिएको छ ।

प्रकाशित मिति : ९ भदौ २०८३, मंगलबार  १० : ३८ बजे