Logo

खेलकुद

सन्दीपको चार विकेटपछि मलेसियाले नेपालसामु राख्यो २३३ रनको लक्ष्य



काठमाडौं । मलेसियामा जारी अभ्यास खेलमा घरेलु टोली मलेसियाले नेपालसामु २३३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३२ रन बनाएको हो। मलेसियाका मुहम्मद स्याहादात रामलीले सर्वाधिक ६१ रन बनाए। सैफुल्लाह मलिकले ४५, साइद अजिजले ४० तथा विरानदीप सिंहले ३९ रन जोडे।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले चार विकेट लिए। करण केसीले दुई तथा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए।

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीस्वरूप भइरहेको खेलमा नेपालले २३३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ सुरु गरेको छ।

प्रकाशित मिति : ९ भदौ २०८३, मंगलबार  २ : २१ बजे