Logo

Breaking News 1

इन्धनकाे भाउ बढ्याे



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँ र डिजेलरमट्टीतेलको मूल्य लिटरमा चार रुपैयााँ बढेकाे हाे ।

निगम सञ्चालक समितिको निर्णयले शुक्रबार मध्यरातिदेखि लागु हुनेगरी मूल्य बढाएको हो । इन्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त पेट्रोलियमको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा १.५९, डिजेलमा ३.५७ ले हवाई इन्धनमा ५.७० रुपैयाँ बढेर आएको छ ।

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर अमेरिकी डलर ४३ का दरले बढाइएको छ ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ६ : ४१ बजे