मेष
नाम, दाम र इनाम हातपार्ने समय छ । दिगो कामसमेत सुरु गर्ने मौका छ। आयस्रोत थपिनुका साथै सप्ताहान्तमा लाभांश पनि बढ्नेछ ।
बृष
अरूका लागि रकम र समय खर्चनुपर्ला। बिहीवारदेखि स्थितिमा सुधार आउनाले केही समस्या समाधान हुनेछन्।
मिथुन
स्वास्थ्य कमजोर रहे पनि मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन् र काममा आंशिक सफलता मिल्नेछ।
कर्कट
अरूको कुरा सुन्दा परिवारमा फाटो आउनेछ भने दाम्पत्यमा पनि असमझदारी बढ्ने सम्भावना छ, सजग रहनुहोला।
सिंह
व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो कसिने सम्भावना छ ।
कन्या
आर्थिक पक्ष सबल बन्नाले भौतिक साधन जुटाउन सफल भइनेछ। व्यापारमा मनग्य फाइदा हुनेछ। बिहीवारदेखि आफ्नो उपलब्धिमा अरूले दाबी गर्न सक्छन्।
तुला
आफन्तजनमै ईर्ष्यालु मनोवृत्ति बढ्न सक्छ। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा समेत ध्यान दिन नसकिएला।
वृश्चिक
सुरुमा आलोचकहरूले बाधा पुर्याउन सक्छन्। स्वास्थ्य कमजोर रहनेछ भने अध्ययनमा त्यति समय दिन नसकिएला।
धनु
कामका बाधाहरू हट्नेछन्। आर्थिक पक्ष सबल बन्नाले भौतिक साधन जुटाउन सफल भइनेछ। बिहीवारदेखि सहयोगीहरूले हात झिक्नाले काम अधुरो रहनेछ।
मकर
सप्ताहान्तमा विशेष उपहारका साथै धनलाभ हुने सम्भावना छ। स्रोत–साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुने देखिन्छ। आयस्रोत सबल बन्नेछ।
कुम्भ
परिस्थितिवश अर्थ अभाव देखा पर्नाले चिताएको काममा बाधा पुग्नेछ। तर टाढाका साथीसँग सम्बन्ध विस्तार गर्न सकिनेछ।
मीन
समयमा होसियार नबन्दा मालमत्ता हराउने र काममा बाधा पुग्ने देखिन्छ। यात्रा केही कष्टपूर्ण हुनेछ।
प्रतिक्रिया