Logo

मुख्य समाचार

‘द्रुकपा परम्पराले हरित अभियान र प्राकृतिक स्रोतको सदुपयोग गर्छ’



काठमाडौँ   बौद्ध धर्म अन्तर्गत द्रुकप सम्प्रदायका नेपाली कङ फू ननहरूले आफ्नो मठ, द्रुक अमिताभ मठ सात वर्षपछि सर्वसाधारणका लागि पुनः खुला गरेका छन्

शनिवारबाट कोरोना महामारीपछिको पहिलो पटक सर्वसाधारणका लागि खुलेको मठमा २०२४ डिसेम्बर २८ देखि २०२५ जनवरी सम्म १०औँ वार्षिक द्रुकपा काउन्सिलको कार्यक्रम आयोजना भइरहेको

काउन्सिलमा गहन शिक्षा, प्रेरणादायक प्रवचनहरू मानवीय विषयमा छलफलहरू प्रस्तुत गरिँदैछ यस वर्ष महिला नेतृत्वमा ऐतिहासिक कदमका रुपमा वन्दनीय जिग्मे येशी ल्हास्की काउन्सिलको सहनेतृत्व गर्नेछिन्

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले द्रुकपा परम्पराले हरित अभियान प्राकृतिक स्रोतहरूको दिगो प्रयोगमा गरेको योगदान प्रशंसनीय रहेको बताए

उनले भने, ‘विशेषगरी जलवायु परिवर्तन वातावरणीय संकटको चुनौतीपूर्ण समयमा द्रुकपा परम्पराले देखाएको हरित अभियान प्राकृतिक स्रोतहरुको दिगो प्रयोग सम्बन्धि योगदान अत्यन्त प्रशसनीय यस्ता प्रयासहरुले विश्वभरी सकारात्मक प्रभाव पारेको नेपाल जस्तो हिमाली देशका लागि यस्तो अभियानले विशेष महत्व राख्छ

द्रुकपा काउन्सिलमा कङ फू ननहरू मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् उनीहरूले आफ्नो कङ फू प्रदर्शन पवित्र ड्रम अनुष्ठान प्रस्तुत गर्नेछन् कार्यक्रममा प्रमुख वक्ताहरूका रूपमा कङ फू ननहरूको प्रमुख लोपेन जिग्मे तिङदजिन लोपेन जिग्मे सम्तेन पाल्मो सहभागी छन् जिग्मे तिङदजिनका प्रवचन गम्भीर, हृदयस्पर्शी हुने जनाइएको

द्रुकपा सम्प्रदायको उत्पत्ति एकहजार वर्षअघि भारतीय साधु नारोपाबाट भएको मानिन्छ द्रुकपा गुरु ग्यालवाङ द्रुकपाको प्रेरणामा ननहरूले आत्मविश्वास शक्ति निर्माणका लागि कूङ फू सिक्न थालेका हुन्

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ४ : ४६ बजे