Logo

राजनीति

फोटो ग्राफिले आँखी झ्याल बनिदिने हो भने हाम्रो संस्कृति विश्वव्यापी बन्न सक्छ : मन्त्री पाण्डे



काठमाडौं ।  काठमाडौं फोटो ग्राफर संघले केपीए वेडिङ फोटो अवार्ड २०२४ को विजेताहरुलाई सम्मान गरेको छ । शुक्रबार एक विशेष समारोहकाबीच संघले वेडिङ फोटो अवार्ड २०२४ को विजेताहरुलाई सम्मान गरेको हो ।

उक्त कार्यक्रमा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले फोटो ग्राफि आँखी झ्याल बन्न सकेमा संस्कृति विश्वव्यापी बन्न सक्ने बताएका छन् । उनले फोटो ग्राफरले एक ठाउँमा बसेर अर्को ठाउँको दर्शन गराउने भन्दै त्यसबाट मोहित हाम्रो संस्कृति हेर्न आउन बाध्य हुने बताएका हुन् ।

उनले भने, ‘संस्कृति, प्रकृति र नागरीक उड्डयनको क्षेत्र भनेको फोटो ग्राफिको क्षेत्रबाट फोटो ग्राफिले आँखी झ्याल बनिदिने हो भने हाम्रो संस्कृतिलाई विश्वव्यापी बनाउन सक्नु हुन्छ । लुम्बिनीमा नआउने  मान्छे पनि सुदूर देशमा बसेर लुम्बिनीलाई दर्शन गर्न सक्छ, हेर्न सक्छ  र त्यसबाट उ मोहित भएर आकर्षित भएर उ हाम्रो संस्कृति हेर्न आउन सक्छ ।’

उनले पशुपतिनाथ र मुक्तिनाथ मन्दिरलाई फोटो ग्राफिबाट हेरेर नेपाल आउने  भावना पलाउने बताए । प्रकृतिको हिमाल, पहाड, तराई, वनजंगल, जल,जडिबुटि र सम्पदाहरुले सम्पन्न रहेको नेपालको पर्दा र छविछायाँ बन्ने काम फोटो ग्राफरको भएको उनको भनाई छ ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ८ : ११ बजे