Logo

अर्थ

चालू आवकाे साउनदेखि मङ्सिरसम्म गोसाइँकुण्ड र लाङटाङ क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या २५ हजार नाघ्याे



रसुवा । चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड र लाङटाङ क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या २५ हजार नाघेको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख श्यामकुमार साहका अनुसार २५ हजार पाँच सय २१ पर्यटकले गोसाइँकुण्ड र लाङटाङ क्षेत्रको भ्रमण गरेका हुन् ।

यसरी रसुवा भ्रमण गर्न आउनेमा स्वदेशी तथा विदेशी गरी महिला नौ हजार एक सय तीन र पुरुष १६ हजार चार सय १८ रहेका छन् । यसैगरी सार्क राष्ट्रका छ हजार एक सय ६७ जना विदेशी पर्यटक रसुवा घुम्न आएको निकुञ्जको विवरणमा उल्लेख छ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले पर्यटक, बन पैदावार, न्यायिक दण्ड तथा जरिवाना, सरकारी सम्पत्तिको बहालबाट २ करोड २८ लाख सात हजार एक सय ८३ राजस्व संकलन गरेको जनाएको छ ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  १० : ०५ बजे