Logo

समाचार

नेपालविरुद्ध नक्कली प्रमाणपत्र पेश गरी बढुवा गरेको आरोप, विशेष अदालतमा आरोपपत्र दायर



काठमाडौं । बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरका कर्मचारी मनसुन नेपालले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जुनियर असिस्टेन्ट पदमा बढुवा पाएको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। अनुसन्धानका क्रममा पत्ता लागेको छ कि मनसुन नेपालले आफूलाई बढुवा प्राप्त गर्नको लागि झुट्टा एसएलसी प्रमाणपत्र र नक्कली चारित्रिक प्रमाणपत्र पेश गरेका थिए।

मनसुन नेपालले परोपकार आदर्श माध्यमिक विद्यालय, काठमाडौंको नाममा नक्कली चारित्रिक प्रमाणपत्र र झुट्टा एसएलसी मार्कसिट पेश गरी जुनियर असिस्टेन्टको पदमा सेवा, सुविधा र लाभ उपभोग गरेका थिए। यस कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० अनुसार भ्रष्टाचारको कसुर ठहर गरिएको छ।

उक्त मुद्दामा विशेष अदालतमा आरोपपत्र दायर गर्दै नेपाललाई कैद र जरिवाना सजायको माग गरिएको छ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  २ : ४७ बजे