काठमाडौं। एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले यस वर्ष पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। पुस ४ गते भएको बैंकको सञ्चालक समितिको बैठकमा गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरिएको हो।
बैंकले आर्थिक वर्ष २०७७/७८ पछि लाभांश वितरण गरेको छैन। यस अघि कम्पनीले निरन्तर लाभांश वितरण गर्दै आएको थियो। आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट भने ८ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव ४५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म, बैंकको वितरणयोग्य मुनाफा २३ करोड ३९ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको जानकारी प्राप्त भएको छ।
प्रतिक्रिया