Logo

मुख्य समाचार

कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित



काठमाडौं । सोमबारका लागि तोकिएको अर्थ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ । सुरक्षित कारोवार (पहिलो संशोधन) विधेयकमा छलफल गर्न बोलाइएको बैठक गणपुरक संख्या नपुगेर स्थगित भएको हो ।

समिति सभापति सन्तोष चालिसेका अनुसार सांसदहरूको उपस्थित नहुँदा विधेयकमा छलफल चलाउन नसकिएको हो ।

‘कोरम पुर्याउनका लागि १२ जनाको उपस्थित हुनुपर्ने थियो तर हामी १० जना मात्रै भयांै । २ जना पुगेन । त्यसैले बैठक स्थगित गरिएको हो ।’ सभापति चालिसेले भने, ‘सांसद ज्यूहरु, सचिवज्यूहरु आउनु भएको थियो  । अर्थमन्त्री विष्णु पौडेल पनि ११ बजेको बैठकका लागि आउनु भएको थियो । तर, ११ बजे बैठक नहुने भएपछि मैले उहाँलाई बिदा दिए ।’

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  २ : ०९ बजे