Logo

मनोरञ्जन

कर नतिर्ने हलहरुलाई करको दायरा र नियममा ल्याइने



काठमाडौं । चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीले कर नतिर्ने हलहरुलाई करको दायरा र नियममा ल्याएको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को पत्रकार सम्मेलनमा उनले पाँच वर्षदेखि करको दायरामा नआएका २१ वटा सिनेमा हल मध्ये प्रमुख ६ वटा हलहरुमा प्रशासनको ताल्चा लगाएपछि सम्पूर्ण सिनेमा हलहरु करको दायरा र नियममा आएको बताए ।

उनले भने, ‘सातदेखि १० दिनभित्रमा स्टुडियोको टेन्डर खोल्दै छौ । यो पहिलादेखि रोकिएको थियो । बैशाख एक गतेदेखि रियल टाइम बक्स अफिस लाग्छ । यही बीचमा पछिल्लो दिन २१ वटा सिनेमा हलहरुलाई कानुनको दायरामा ल्याउने प्रयास जारी छ ।’

 यस्तै, उनले नेपाल भनेको अविकसित होइन, अव्यवस्थित देश भएको भन्दै  यसलाई व्यवस्थित गर्नको लागि सबैजना अगाडि बढ्नुपर्ने बताए ।

पत्रकार सम्मेलनमा अभिनेता प्रदिप खड्का, अभिनेत्री सुरक्षा पन्त, अभिनेता शिव श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ५ : ४२ बजे