काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरूले सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउने भएका छन्। बैंक र सिग्मा डायग्नोसिस ल्याबबीच यस सम्बन्धी समझदारीमा हस्ताक्षर भएको हो ।
समझदारी पत्रमा बैंकका सहायक महाप्रबन्धक रुपेन्द्र वाग्ले र सिग्मा डायग्नोसिस ल्याबका ल्याब डाइरेक्टर बेद प्रकाश मिश्रले हस्ताक्षर गरेका हुन्।
यस सम्झौताअनुसार, ग्लोबल आइएमई बैंकका डेबिट र क्रेडिट कार्डधारक तथा मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले सिग्मा ल्याबको इनहाउस टेस्टमा ४० प्रतिशत र आउटसोर्स सेवामा २० प्रतिशत छुट पाउनेछन्।
सिग्मा डायग्नोसिस ल्याब भक्तपुरको राधेराधे स्थित एक लोकप्रिय ल्याब हो । जहाँ उच्च गुणस्तरीय स्वास्थ्य परीक्षण सेवा प्रदान गरिन्छ।
ग्लोबल आइएमई बैंकले आफ्नो ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै समय सापेक्ष योजनाहरू ल्याउँदै आएको छ। यस बीच, बैंकलाई ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित गरिएको छ।
प्रतिक्रिया