Logo

मुख्य समाचार

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता



काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन्।

सो भेटवार्ता चिनियाँ राजधानीको देउताइ स्टेट गेस्ट हाउसमा रहेको भिल्ला नम्बर १२ मा भएको हो। प्रधानमन्त्री ओलीले यसअघि समकक्षी ली छ्याङसँग पनि भेट गरेका थिए।

भेटको क्रममा, दुई देशका अधिकारीहरूले ९ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन्। नेपाल र चीन बीचको दुई पक्षीय वार्ताले दुवै देशको सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुर्याएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री ओलीको सोमबारदेखि सुरु भएको चिनको औपचारिक भ्रमण सकेर २० गते स्वदेश फर्किनेछन्।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ३ : ५० बजे