Logo

Breaking News 1

प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणका लागि आज चीन प्रस्थान गर्दै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेइजिङ प्रस्थान गर्दै छन्

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनले आजदेखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका हुन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ६ : ५४ बजे