काठमाडौं । राष्ट्रिय सभा अन्तरगत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । आज (आइतबार) बिहानको ११ बजे समिति हलमा उक्त बैठक बस्न लागेको हो ।
बैठकमा युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।
आजको बैठकको लागि समितिमा युवा तथा खेलकुद मन्त्री, मन्त्रालयका सचिव, सदस्य सचिव र राष्ट्रिय खेलकुद परिषद्लाई आमन्त्रित गरिएको छ ।
प्रतिक्रिया