Logo

मुख्य समाचार

इन स्टाइल ब्यूटी सलोनको सेवा नेपालमा सुरु



काठमाडौं । पहिलो पटकमा नेपालमा इन स्टाइल ब्यूटी सलोन उद्घाटन भएको छ ।

सोमबार एक समारोहबीच नायिका रेखा थापाको उपस्थितिमा काठमाडौंको बानेश्वरमा सलोनको उद्घाटन गरिएको हो ।

उद्घाटनपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नायिका थापाले विदेशबाट अनुभव गरेर नेपालमा आएर त्यसलाई प्रयोग गर्ने आँट गरेकोमा खुसी व्यक्त गर्दै शुभकामना दिइन् ।

उनले सबैजना ग्राहक काठमाडौं आउनको लागि अप्ठ्यारो हुनसक्ने भन्दै आगामी दिनमा सातै प्रदेशमा यसको महाशाखाको उद्घाटन होस भन्ने कामना गरिन् ।

उनले भनिन्,‘यसले फरक किसिमको सेवा दिने छ भन्ने आशा । बाहिर अनुभव गरेर नेपालमा आएर जुन खालको आँट गर्नु भएको छ । त्यो एकदमै राम्रो छ ।’

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ३ : ३२ बजे