काठमाडौं । जिनियस आईबी वल्र्ड स्कुल, ललितपुरले वार्षिक खेलकुद दिवस– २०८१ को समापन समारोहमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ । लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रमा आयोजित कार्यक्रममा साफ महिला फुटबल च्याम्पियनसिप– २०२४ मा उत्कृष्ट प्रर्दशन गरेबापत जिनियसले टोलीलाई सम्मान गरेको हो ।
जिनियसका संस्थापक अध्यक्ष नवीनकुमार जोशीले मुख्य प्रशिक्षकसहित २६ सदस्यीय टोलीलाई प्रंशसा–पत्रसहित १ लाख ३० हजार नगद प्रदान गरे ।
संस्थापक अध्यक्ष जोशीले सम्मानले खेदकुदका माध्यमबाट राष्ट्रिय खेलाडीहरू प्रति कृतज्ञता व्यक्त गर्न र विद्यार्थीहरूलाई प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
नेपाली महिला फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाले यस प्रकारको सम्मानले खेलाडीहरूको मनोबल उच्च बनाउने बताउँदै विद्यालय परिवारप्रति आभार व्यक्त गरिन् । उनले खेलकुदको क्षेत्रमा अघि बढ्न यस्ता सम्मानले ठूलो प्रेरणा दिने बताउँदै अझ उत्कृष्ट प्रदर्शनका लागि ऊर्जा थप्ने बताइन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कात्तिक १४ गते भएको फाइनलमा नेपाल बंगलादेशसंग २–१ गोलले पराजित हुँदै उपविजेता बनेको थियो ।
संस्थापक अध्यक्ष जोशी, कप्तान एन्जिलालगायतले समापन समारोहमा विभिन्न प्रतिस्पर्धाका विजेता विद्यार्थीहरूलाई पुरस्कार पनि प्रदान गरेका थिए ।
प्रतिक्रिया