काठमाडौं । समाचार संकलनका लागि जिल्ला प्रहरी कार्यालय कास्की अगाडी पुगेका पत्रकारहरुलाई कास्की प्रहरीको प्रबक्ता समेत रहेका डिएसपी बसन्तकुमार शर्माको नेतृत्वमा रहेको प्रहरी टोलीले दुर्ब्यबहार गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई कास्की प्रहरीको हिरासतमा ल्याइएको समाचार संकलनका लागि पोखराको गहिरापाटनस्थित जिल्ला प्रहरी कार्यालय अगाडी पुगेका पत्रकारहरुलाई डिएसपी शर्मा नेतृत्वको प्रहरी टोलीले दुर्ब्यबहार गरेको हो ।
पार्टी सभापति रबि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पुर्याए पछि त्यहाँ शान्तिपूर्ण तरीकाले जम्मा भएका रास्वपाका नेता – कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गर्न खोजे पछि फोटो तथा भिडियो खिच्ने पत्रकारहरुमाथि प्रहरी जाइलागेको थियो ।
त्यही क्रममा कास्की प्रहरीका एक जना प्रहरी निरिक्षकले समय नेपाल डट कमका पत्रकार सन्देश बरालको क्यामरा खोस्न थाले पछि पत्रकारहरुले त्यसको प्रतिकार गर्न शुरु गरेका थिए । सोही क्रममा प्रहरी ज्यादतीको जनसंचार डट कमका पत्रकार ओम हमाल र नीति प्रेस डट कमका पत्रकार माधव पोखरेलले प्रहरीको ज्यादतीको चर्को रुपमा बिरोध गरेका थिए ।
प्रतिक्रिया