काठमाडौं । ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडईबीच एक महत्त्वपूर्ण रेमिटेन्स सम्झौता भएको छ । जसद्वारा विश्वभरिका नेपालीहरूले सजिलै पैसा नेपालमा पठाउन सक्नेछन्।
यो सम्झौताले ग्लोबल रेमिटमार्फत् यूएई र अन्य देशहरूबाट पठाइने रकमलाई ग्लोबल आइएमई बैंक र नेपालको विभिन्न बैंक तथा वित्तीय संस्थामा सजिलै उपलब्ध गराउनेछ।
इन्स्टेन्ट क्यास, जुन युनाइटेड फिनटेक सोलुसन्स एलएलसीको पूर्ण स्वामित्वमा रहेको छ । फिनटेकको माध्यमबाट विश्वभर रेमिटेन्स सेवा प्रदान गर्दै आएको छ। यस सम्झौतासँगै, ग्राहकहरूले नेपालमा ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाहरू वा आइएमई लिमिटेडका ५०,००० भन्दा बढी एजेन्टहरूबाट रकम भुक्तानी लिन सक्नेछन्।
ग्लोबल आइएमई बैंक, जसले २०२४ का लागि ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड र युरो मनी अर्वाड फर एक्सलेन्स जस्ता सम्मान प्राप्त गरेको छ । नेपालको ७७ जिल्लामा १,१०० भन्दा बढी सेवा केन्द्रहरूमार्फत उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।
यस सम्झौताले विदेशमा रहेका नेपालीहरूको रेमिटेन्स प्रक्रियालाई सरल र सहज बनाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया