Logo

समाचार

मेडिसिटी अस्पताल समक्ष पाँच करोड क्षतिपूर्ति माग


८ कार्तिक २०८१, बिहिबार  

69
Shares

काठमाडौं । प्रताप रिमालले मेडिसिटी अस्पतालको चरम लापरवाहीको कारण आफ्नो ६२ वर्षीया बुवा ज्ञानप्रसाद रिमालको मृत्यु भएको भन्दै सो अस्पताल र उपचारमा लापरवाही गर्ने चिकित्सकलाई कारबाहीको माग गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै रिमालले अस्पतालले उपचारको क्रममा गरेका लापरवाही र गल्तीको पनि फेहरिस्त सुनाएका थिए । अस्पताल र चिकित्सकले उपचारमा भएको गम्भीर लापरवाही र गल्ती ढाकछोपको लागि गम्भीर झुट बोलेको पनि उनले स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा उनले भने,‘खासमा मेरो बुवा मिर्गौला रोगको विरामी हुनुहुन्थ्यो । विगत डेढ महिनादेखि हेमाडायलाईसि गराई राख्नुभएको थियो । हप्तामा तीन दिन डायलाईसिस गराइरहनुभएको मेरो बुवा भदौ ३१ ग्ते साँझ एक्कासी घरमा बसिरहँदा रिंगटा लाग्ने र श्वाँस फेर्न गाह«ो भएको महशुस भएपछि हामीले उहाँलाई मेडिसिटी अस्पतालको इमर्जेन्सीमा पुर्यायौं । तर, पछि युरिया लेभल एकदमै धेरै (२०७) भएर गाह«ो भएको रहेछ भन्ने कुरा भयो । संयोग, सोही दिन उहाँको डायलाइसिस गर्ने दिनपर्ने दिन पनि थियो । डायलाइसिस गर्दागर्दै उहाँलाई असहज भएपछि आईसियुमा राखेर मनिटरिङ गर्नुपर्छ भने र बुवालाई अस्पतालमै राखियो । त्यसपछि, दोस्रो दिन बुवाको ईसिजी गर्यो । इसिजीमा केही चेन्जेज देखिएको भन्दै एन्जियोग्राम गरियो । एन्जियोग्रामपनि सक्सेस भयो र एक दिन मोनिटरको लागि आइसियुमै राख्ने भनियो । मेडिसिटी अस्पतालमा आईसियुमा राख्दा बिरामी कुरुवा बस्न नपाउने रहेछ । त्यसैले, हामीलाई पनि घर जान आग्रह गरियो  हामी बाध्यतावशः र फर्कियौं ।’

आफूहरु घर फर्किएकै दिन बुवालाई राति गाह«ो भएको उनको भनाइ छ । उनले अघि भने,‘एन्जिओग्राम गरिएको ठाउँ सुन्निने र पानीको फोकाजस्तो देखिएछ । बुवालाई खप्नै नसक्नेगरि पीडा भएछ । बुबाले परिवारलाई बोलाइदेउ, मलाई गाह«ो भयो भन्दापनि अस्पतालले हामीलाई रातभर कुनै खबर गरेन । त्यतिमात्रै होईन, त्यसको सही उपचार पनि गरेनछ र रातभर दुखाई क मगर्ने फेन्टायल मात्र खुवाएर राखेछ । जुन कुरा नर्सिङ नोटमा स्पष्ट लेखिएको छ । भोलिपल्ट हामी अस्पताल पुग्दा बुवाको अवस्था भइसकेको थियो । र बुवाको हातको अपरेशन गर्नुपर्ने अवस्थामा पुगिसकेको थियो । अपरेशन नै अन्तिम विकल्प भएपछि हामीले केही गर्न कसेनौं । जब बुवाको अपरेशन गरियो, त्यसपछि बुबाको स्वास्थ्यमा सुधार हुन सकेन र अन्ततः हामीले बुवालाई असोज ४ गते सदाका लागि बिदा गर्नुपर्यो ।’

उनले उपचारमा लापरवाही गर्ने अस्पतालविरुद्ध आफूहरुले कानूनी उपचार खोजेको पनि जानकारी दिए । उनले भने,‘आईसियूमा रहेको विरामीलाई लापरवाही गर्ने र आफ्नो गल्ती ढाकछोप गर्न झुट बोल्ने अस्पतालविरुद्ध हामी अहिले अदालती प्रक्रियामा गएका छौं । ललितपुर जिल्ला अदालत र नेपाल मेडिकल काउन्सिलमा उपचारमा संलग्न डाक्टरहरुलाई कारबाही गरी पीडित पक्षलाई पाँच करोड क्षतिपूर्ति उपलब्ध गराउने पर्ने भन्दै मुद्दा दर्ता गराएका छौं ।’ उनले यस विषयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसमक्ष पनि ध्यानाकार्षण पत्र बुझाईएको जानकारी दिए ।

उनले मेडिसिटी अस्पताल मेडिकल माफियाहरुको जालोमा फसेको आफूहरुले महशुस गरेको दाबी गरे । यो घट्ना दबाउनको लागि मेडिसिटी लागिपरेको पनि उनको दाबी छ ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘घट्ना साम्य पार्नकै लागि उनीहरुले बुवाको उपचारको क्रममा भएको आठ लाख रुपैयाँ पनि फिर्ता गरिसकेका छन् । तर, अस्पतालले गरेको गल्ती र गल्ती ढाकछोप गर्न हामीमाथि बोलेको धावाविरुद्ध हामी जस्तोसुकै परिस्थिति पनि लडाईं लड्ने अठोट लिएका छौं ।’

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  २ : ३६ बजे