Logo

मुख्य समाचार

टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन


२४ आश्विन २०८१, बिहिबार  

115
Shares

काठमाडाैं । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको बुधबार राति मुम्बईको एक अस्पतालमा निधन भएको छ । 

टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट एक विज्ञप्ति जारी गर्दै रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको पुष्टि गरेका छन् ।

उनी सोमबारदेखि मुम्बईको अस्पतालमा उपचाररत थिए । उनको निधनले टाटा ग्रुपलाई अपूरणीय क्षति भएको ग्रुपले विज्ञप्ति जारी गरेर भनेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहिबार  ६ : ०७ बजे