Logo

कोशी

झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु


१७ आश्विन २०८१, बिहिबार  

69
Shares

झापा । हात्तीको आक्रमणबाट दक्षिण झापाको हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङको मृत्यु भएको छ । स्थानीय रणकाली सामुदायिक वनबाट घाँस काटेर घर फर्किने क्रममा ६५ वर्षीय गुरुङलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले आज बिहान जंगलबाट घाँस काटेर घर फर्कने क्रममा हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

“जंगली हात्तीले लछारपछार पारी कुल्चिँदा गुरुङको मृत्यु भएको खबर पाएका थियौँ । खबर पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको हो,” सूचना अधिकारी चन्दले भने, “घटनास्थलमा प्रहरी परिचालन गरी सुरक्षित राखेका छौँ । मृतकको शव परिवारलाई बुझाउन कानुनी प्रक्रिया भइरहेको छ ।”

झापामा गाईवस्तु चराउन जाँदा हात्तीले मानिसमाथि आक्रमण गर्दै आएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  १ : २४ बजे