Logo

मुख्य समाचार

‘नेपालमा क्रान्ति धेरै भयो, अब गान्धी बिचारधारा पछ्यानु पर्छ’



काठमाडौं । प्रा.डा.सुरेन्द्र केसीले दक्षिणी छमेकी मुलुक भारतलाई ब्रिटीस साम्रज्यको बर्बरताबाट मुक्त गर्ने गान्धी बिचारधारा नेपालमा मात्रै नभएर विश्वभरी नै सान्दर्भिक रहेको बताए ।

बुधबार गान्धी शान्ति प्रतिस्ठान नेपालले आयोजना गरेको ‘१५५औं गन्धी जयन्ती’ कार्यक्रममा उनले गान्धीको योगदानको चर्चा गर्दै गान्धीका समकालिन अरु नेताहरुले हिंसात्मक लडाई लडे पनि अन्तिममा गन्धीको ‘भद्र अवज्ञा’ आन्दोलनले मात्रै पार पाएको बताए ।

उनले शान्तिवादी असहयोग आन्दोलनको प्रश्तावमाथि तत्कालिन राज नेताहरुले हास्यास्पद्रुपमा लिएको र ब्रिटिसहरुले पनि सामान्य लिए पनि अन्ततः गान्धी नै सहि सावित भएको बताए ।

यस्तै, पूर्व सांसद हरिचरण साहले नेपालमा कहिले काँग्रेस त कहिले कम्युनिस्टको नाममा हत्या हिंसा चलेता पनि त्यसले देशलाई फाइदा भन्दा घाटा गरेकोप्रति आक्रोष व्यक्त गर्दै, गान्धीको बाटो आवलम्बन गर्न सुझाए ।

गान्धी जयन्तीको अवसरमा समाजसेवीहरु दिलबहादुर राना, प्रेम थुलुङ, भगवती कुमारीलगायतलाई संस्थाले कदर पत्रद्वारा सम्मान गरेको थियो । सो अवसरमा संस्थाको लागि अन्तराष्ट्रिय सदस्यहरु तथा गान्धी शान्ति दूतहरु भारबाट पद्यम श्री डा.विजय कुमार साह, अष्ट्रेलियाबाट डा.हेलेन इडवार्ड, इरानबाट प्राध्यपक डा. रेजा अजिज, लण्डनबाट डा.प्रविन रानीलगायतले भिडियो तथा पत्राचारमार्फत शुभकामना सन्देश पठाएका थिए ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ४ : ४१ बजे