Logo

अर्थ

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ०२ पैसा तोकिएको छ ।


त्यसैगरी, केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १० पैसा र बिक्रीदर चार रुपैयाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ १३ पैसा र बिक्रीदर ३२ रुपैयाँ २८ पैसा कायम छ ।

साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १४ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ११ पैसा र बिक्रीदर १३ रुपैयाँ १७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ७ : ०४ बजे