Logo

मुख्य समाचार

ओली आउने भएपछि विमानस्थलका अन्य उडान बन्द



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किन लागेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाका लागि बन्द गरिएको छ ।

ओली ४ः१५ बजे विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले आन्तरिक तथा बाह्य दुवै उडान आधा घण्टालाई रोकिएको जानकारी दिए । ओलीको अवतरणका लागि अहिले काठमाडौँमाथिको आकाशमा आएका अन्य जहाजलाई होल्ड गरिएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ४ : ०७ बजे