Logo

Breaking News 1

गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक



काठमाडौं । अविरल वर्षासँगै देशभर विपद्का घटना बढेपछि गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् ।

प्रकोपमा परेका नागरिकको उद्धार तथा राहत सहायतालाई प्रभवकारी बनाउने बैठक बोलाइएको गृहमन्त्रीको सचिवालयले जनाएको हो ।

बैठक सिंहदरबारमा बस्दैछ । पहिरो र डुबानबाट जोखिन उच्च सतर्कता अपनाउन गृहमन्त्री लेखकले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १० : ३० बजे