Logo

Breaking News 1

तस्बिरमा हेर्नुहाेस् काठमाडौं उपत्यकामा बाढीको वितण्डा



काठमाडौं । बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण काठमाडौंका नदी–खोलाको जलसतह बढेर आसपासका क्षेत्रमा बाढी पसेको छ । बाढीले यहाँको जनजीवन प्रभावित भएको छ ।

काठमाडौंको बल्खु, तरकारी बजार, कुलेश्वर, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्र डुबानमा परेको छ । त्यस्तै, ललितपुरको युएन पार्क क्षेत्र, सुन्दरीघाट, बालकुमारी, च्यासल आदि क्षेत्रमा बाढी पसेको छ ।

बाढीका कारण एमाले मुख्यालय डुबानमा परेको छ । उता भक्तपुरको राधे राधे क्षेत्रमा पनि समेत बाढी आएको छ । काभ्रेको पनौती क्षेत्रमा बाढी पस्दा जनजीवन प्रभावित भएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १० : ०८ बजे