Logo

Breaking News 1

अधिकांश ठाउँमा भारीदेखि अति भारी वर्षा हुने



काठमाडाैं । शुक्रबारदेखि देशका अधिकांश ठाउँमा भारीदेखि अति भारी वर्षा भइरहेको र याे आज शनिबार पनि जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

मनसुनी वायुका साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशभरी वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

शनिबार बिहान देशभरको मौसम साधारणदेखि पूर्णतया बदली रहेको छ भने अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

शनिबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै कोशी,मधेश,बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र एक(दुई स्थानहरुमा दिउँसो अति भारी वर्षा समेत हुने महाशाखाको पूर्वानुमान छ । देशको तराई क्षेत्रमा हावाहुरीको पनि सम्भावना छ ।


शनिबार राति देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ । मधेश,बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा रातिपनि मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति नै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा मधेश र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षा तथा तराई क्षेत्रमा हावाहुरी आउने महाशाखाको पूर्वानुमान छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ६ : २९ बजे