Logo

मुख्य समाचार

नेपाललाई शान्तिको गन्तव्य मुलुक बनाउनुपर्छ : मन्त्री पाण्डे


११ आश्विन २०८१, शुक्रबार  

69
Shares

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाललाई शान्तिको पर्यटकीय गन्तव्य मुलुक बनाउनुपर्ने बताएका छन्  ।

विश्व पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले ४५ औं विश्व पर्यटन दिवसको नारा पर्यटन र शान्ति रहेको उल्लेख गर्दै नेपालको सन्दर्भमा यो नारा निकै सान्दर्भिक रहेको र कतै नेपाललाई हेरेर यो नारा आएको हो कि भन्ने लागेको बताएका हुन् ।

उनले बैद्धिक कालमा वेदका ऋचाहरुमा हाम्रा ऋषिमुनिले पृथ्वीमा शान्ति, जलमा शान्ति, आकाशमा शान्ति, वनस्पतीमा शान्तिको पक्षमा कामना गर्ने गरेको उल्लेख गर्दै त्यही बेलामा जलवायुको परिवर्तनले असर पृथ्वीले भोग्नुपर्ने छ र हामीले आकाश, जल, वायु सबैमा शान्ति खोज्नु पर्ने कुराको अनुमान गरेको उल्लेख गरे ।

भागवान बुुद्धले पञ्चशीलको अवधारणा मार्फत शान्तिको सन्देश विश्वलाई दिएको र केहीसमय अघि नेपालमा शान्ति प्रक्रियाको अनुगमन गर्न आएको राष्ट्र संघले पनि नेपालीहरु आफंै शान्ति कायम गर्न सक्षम छन् भन्नेर धन्यवाद दिँदै फर्किएको उल्लेख गर्दै उनले भने, ‘वैदिक कालदेखि आधुनिक कालसम्म हामी शन्तिको पक्षमा रहेको र यो वर्षको नारा हामीलाई नै हेरेर बनाएको हो कि भन्ने लागेको छ ।’

उनले बैदिक कालमा वेदका ऋचाहरुले भने जस्तै शान्तिको परिचायक सम्बृद्धि हुन सक्ने विकास हुन सक्ने र हामीेले भौतिक शान्तिसँगै मानसिक शान्ति आवश्यक रहेकाले पर्यटनलाई हाम्रो सम्बृद्धिसँग जोडन सकिने र नेपाललाई शान्तिको गन्तव्य मुलुक बनाउनुपर्ने बताए ।

विभिन्न समयमा नेपालीहरू आफैं आफ्नो शान्ति कायम गर्न सक्षम भएको दावी गर्दै मन्त्री पाण्डेले हाम्रो देशलाई शान्तिको गन्तव्य बनाउनुपर्ने बताए ।  फरक प्रसंगमा मन्त्रीले अहिले हामीलाई चाहिएको समृद्धि हो, त्यसका लागि रणनीतिक रूपमा पर्यटनलाई प्रयोग गर्न सक्नुपर्ने बताए ।

हाम्रो विविधता पूर्ण संस्कृति र प्रकृतिलाई संसारभर पुर्याउनु जरुरी रहेको बताए । नेपालको पर्यटनको विकास गर्न नेपाली आकास सुरक्षित छ भन्ने सन्देश विश्वमा पुर्याउन जरुरी रहेको उनको भनाई थियो ।

आफूले लिएको जिम्मेवारी सबैले पुरा गर्नुपर्ने बताउँदै यदि काम गर्न नसक्ने हो भने जिम्मेवार निकायमा रहेको जो सुकैले राजीनामा दिनुपर्ने उनको भनाई थियो । पछिल्लो समय लगानीकर्तालाई माफियाको संज्ञा दिने गरको बताउँदै यसलाई सबैले चिर्नुपर्न उनको तर्क थियो ।

यदि नीजि क्षेत्र अघि नलाग्ने हो भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय केही गर्न नसक्ने बताउँदै उनले लगानी गर्नेहरू माफिया नभैइ समृद्धिका वहाक भएको बताए । उनले पर्याप्त विमान बिना वायुसेवा निगमले प्रभावकारी सेवा दिन नसक्ने बताए ।  पर्यटन क्षेत्रको विकासका लागि उड्डयन क्षेत्रले महत्वपूर्ण योगदान महत्वपूूर्ण रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  २ : ४५ बजे