Logo

मुख्य समाचार

राजनीतिक नेतृत्व सही नहुँदा निर्माण क्षेत्र अस्तव्यस्थ भयो : अध्यक्ष सिंह


१० आश्विन २०८१, बिहिबार  

69
Shares

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंहले मुलुकको राजनीतिक नेतृत्व गर्नेहरुले सहि नेतृत्व नगर्दा निर्माण क्षेत्र अस्तव्यस्थ भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार  सम्मेलन गर्दै अध्यक्ष सिंहले नेतृत्व गर्नेहरु  गैरजिम्मेवार हुँदा निजी क्षेत्र र निर्माण क्षेत्र अस्तव्यस्थ भएको बताएका हुन् ।

उनले भने, ‘मुलुकको राजनीतिक नेतृत्व गर्नेहरुले सहि नेतृत्व नगरेको र कर्मचारी आफूले जिम्मेवारी बहन नगर्दा समस्या आयो । कर्मचारीहरु कुनैपनि कारवाहीको भागेदार हुनुनपर्ने अवस्थाले पनि निजी क्षेत्र र निर्माण क्षेत्र अस्तव्यस्थ भएका छन् ।’

साथै  उनले  सरकारले अहिलेसम्म निर्माण व्यवसायीको भुक्तानी दिन नसकेको बताए । उनले सरकारले भुक्तानी दिन नसकेकाले नयाँ टेण्डर निकाल्न नहुने बताए ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ४ : ४५ बजे