Logo

मुख्य समाचार

निर्माण व्यवसायीहरुले  धेरै अप्ठ्यारा चुनौतिहरुको सामना गर्नुपरेको छ : मन्त्री सिंह



काठमाडौं ।  नेपाल निर्माण व्यवसायी महासंघले  कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई  ज्ञापनपत्र बुझाएका छन् ।

बुधबार सिंहदरबारमा उनीहरुले मन्त्री सिंहलाई ज्ञापनपत्र बुझाएका हुन् ।

निर्माण व्यवसायी महासंघको  ज्ञापन पत्र बुझ्दै मन्त्री  सिंहले निर्माण व्यवसायीहरुले  धेरै अप्ठ्यारा चुनौतिहरुको सामना गर्नुपरेको  बताए । 

उनले  निर्माण व्यवसायीमा देखिएका समस्या चाँडो भन्दा चाँडो सरकारले  समाधान गर्ने  विश्वास  व्यक्त गरे ।

उनले  भने, ‘निर्माण व्यवसायीमा काम गर्दैगर्दा खेरी धेरै अफ््ठ्याराहरु रहेका  छन् । समग्र रुपमा नै निर्माण व्यवसायीहरुको काम गर्दाखेरीको चुनौतिहरु जुन सामना गरिरहनु भएको छ , योे निर्माण व्यवसायीहरुको मुख्य समस्या जुनमा छ त्यो सरकारले चाँडो भन्दा चाँडो विशेष ध्यान दिएर समाधान गर्ने छ ।’

साथै उनले  राम्रो नतिजा आउने गरेर काम गर्ने समेत बताए । उनले काम गर्नको  लागि सहजता हुने  गरी सरकारले ऐनहरुमा र  नीतिगत रुपमा संशोधन गर्नुपर्ने कुरामा ध्यान दिने  बताए ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ११ : ४१ बजे