Logo

मुख्य समाचार

दुर्गा प्रसाईंका समर्थकमाथि प्रहरीको धरपकड



काठमाडौं । दुर्गा प्रसाईं काठमाणडौमा पक्राउ परे लगत्तै उनका समर्थकमाथि प्रहरीले धरपकड सुरु गरेको छ ।

प्रहरीले प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका झापा संयोजक रामचन्द्र मैनालीलाई नियन्त्रणमा लिएको छ ।

यसैगरी भर्खरै गठित नागरिक प्रतिरक्षा बल(पिडिएफ) का मेची अञ्चल संयोजक दुरेन राईलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रसाईं पक्राउपछि आन्दोलन गर्ने तयारी गर्दै गर्दा उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनिहरुलाई निगरानीमा मात्र राखेको जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ८ : १८ बजे