Logo

अर्थ

घट्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा एक लाख ५६ हजार ४ सय रुपैयाँ रहेको छ ।                                          

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला एक लाख ५६ हजार ७ सय रुपैयाँ रहेको सुनको मूल्य आज तीन सय रुपैयाँले घटेको हो ।   

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८९० रुपैयाँ रहेको महासंघले जनाएको छ ।                                                         

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ११ : ३४ बजे