Logo

मुख्य समाचार

बुद्ध एयरको एटीआर  : जसले अठार लाखलाई सेवा दिएर विदा भयो



काठमाडौं । बुद्ध एयरले १६ वर्षअघि भित्र्याएको एटीआर ४२ जहाजलाई मंगलबार बिदाइ गरेको छ ।

७० हजार  उडान साइकल  पूरा गरेसँगै ९एन–एआइएन कलसाइन नम्बरको जहाजलाई कमर्सियल उडानबाट बिदाइ गरेको हो ।

१६ वर्ष ३ दिन उडानका दौरानमा यस जहाजले अठार लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको छ ।

बुध्द एयरले सन् २००८ मा आइएफसीको ऋण सहयोगमा दुईवटा एटिआर–४२–३२० जहाज भित्र्याएको थियो ।

उसले आईएफसीकै ऋण सहयोगमा ह्यांगरको निर्माण पनि थालेको थियो । विगत १६ वर्षमा बुध्द एयरले १९ वटा एटीआर जहाजहरु भित्र्याइसकेको छ । बुध्द एयर एटिआर अपरेटरतर्फ संसारकै सातौं ठूलो एयरलाइन्स कम्पनी बन्न पुगेका छ ।

एटिआरले अहिलेसम्म हजारौं जहाजको निर्माण गरिसकेको छ । एटीआर जहाजको पूर्ण सञ्चालन अवधि पार गरि यसरी विदाई गर्न लागेको संसारमै आज पहिलोपटक हो ।

आजको विदाई कार्यक्रममा ‘एटिआर विमानहरुको मर्मतसम्भार र उडान सञ्चालनमा बुध्द एयरको टेक्निकल तथा अपरेसन टिम विकसित राष्ट्रकोभन्दा कम नरहेको बरु अब्बल रहेको’ बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले बताए ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  २ : २९ बजे