Logo

मुख्य समाचार

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत, को को छन् भ्रमण टोलीमा ?


२१ भाद्र २०८१, शुक्रबार  

92
Shares

काठमाडौं । मन्त्रिपरिषदले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्रीको न्यूयोर्क भ्रमण स्वीकृत गरेको हो ।

एक मन्त्रीका अनुसार भ्रमण टोलीमा परराष्ट्रमन्त्री आरजु देउवा राणा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री पत्नी राधिका शाक्य, निजी चिकित्सक लगायत छन् ।

राष्ट्रसंघको महासभा सेप्टेम्बर १० देखि २८ (२५ भदौदेखि १२ असोज) सम्म न्यूयोर्कमा हुनेछ । त्यस अन्तर्गत समिट अफ द फ्युचर २२–२३ सेप्टेम्बर (६–७ असोज) मा हुने तय भएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार समिट अफ द फ्युचरमा सम्बोधन गर्ने गरी प्रधानमन्त्री अमेरिका जान लागेका हुन् ।

ओलीले प्रधानमन्त्रीका रुपमा २०७५ असोजमा पनि राष्ट्रसंघ महासभालाई सम्बोधन गरेका थिए । पछिल्लो पटक ३० असारमा प्रधानमन्त्री भएका ओली विदेश भ्रमणमा गएका छैनन् ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ६ : ०६ बजे