Logo

गण्डकी प्रदेश

गण्डकीमा एमालेले टुंग्यायो चार मन्त्री



पोखरा । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याएको छ । आइतबार मात्र गण्डकीमा मन्त्रालयको संख्या सातबाट नौ पुर्‍याउने र एमालेलाई चार मन्त्रालय दिने निर्णय भएको थियो ।

सो अनुरुप एमालेले चार मन्त्रीको नाम टुंग्याएको हो । यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री भएका राजीव गुरुङ (दीपक मनाङे)लाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

एमालेबाट बनेका नयाँ मन्त्रीहरूमध्ये पद्मा जीसीले कृषि, कृष्ण पाठकले स्वास्थ्य, मित्रलाल बस्यालले उद्योग तथा पर्यटन र प्रकाश केसीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

कांग्रेसका मन्त्री टकराज गुरुङ अर्थ, विन्दु थापा सामाजिक विकास र नेपाल समाजवादीका फणिन्द्र देवकोटा उर्जा मन्त्रालयको जिम्मेवारीमा छन् ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  २ : १२ बजे