Logo

मुख्य समाचार

माधव कुमार नेपाल रुस प्रस्थान, कसलाई दिए त अध्यक्षको जिम्मेवारि ?



काठमाडौं । ‘मल्टी पोलारिटी फोरम’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रुस प्रस्थान गरेका छन् ।

नेकपा एसले वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ ।सम्मेलन सेप्टेम्बर ३ देखि ६ तारिखसम्म हुनेछ ।

अध्यक्ष नेपालले भ्रमणका क्रममा रुसका उच्च तहका नेताहरुसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम समेत रहेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  १२ : ४० बजे